आज (चैत १४)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको १४ गते मंगलबार, चैत्र शुक्लपक्षको सप्तमी तिथि ।

मेष
पेशागत जीवनमा महत्वपूर्ण जिम्मेवारी हात पर्ने छ । आर्थिक पक्ष सुदृढ रहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । आफु भन्दा माथिका हाकिमहरुको विश्वास आर्जन हुने छ । कला साहित्य तथा संगीत जस्ता सृजनशिल क्षेत्रमा कदम अघि बढ्ने छन् । परिवारमा शान्तिपूर्ण वातावरण बन्ने छ । प्रेममा सफलता मिल्ने छ ।  

Advertisement

वृष
पेशागत जीवनमा नयाँपनाको अनुभूति हुने छ । आम्दानीमा बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । मन फुरुङ्ग हुने छ । स्थिरताको आभाष हुने र उमङ्ग प्राप्त हुनेछ । आँटेका कामहरु उत्साहजनक तरीकाबाट अघि बढ्ने छ । घर जग्गाको कारोबारबाट लाभ मिल्ने छ । समाजबाट कदर मिल्ने छ ।

मिथुन 
पेशागत जीवन मध्यम खालको हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । मित्रहरुको साथ मिल्ने छ । खर्च भने अलि बढ्न जाने छ । रसिक स्वाभावको व्यक्ति हुने हुँदा सबैसँग मिल्न सक्ने खुवी आउने छ । मनोरञ्जनात्मक गतिबिधिमा खर्च बढ्ने छ । प्रहरी प्रशासनको चक्करमा पर्ने जोखिम देखिएकाले सतर्क रहनु होला । नयाँ गन्तब्यमा यात्रा हुने छ ।

कर्कट
पेशागत जीवन सहज हुने छैन् । आर्थिक पक्ष पनि कठिनाईबाट अघि बढ्ने छ । शेयर क्षेत्रमा गुमाउने अवस्था आउने छ । स्वास्थ्यमा समस्या देखिने हुँदा अस्पतालजन्य खर्चहरु बढ्न पुग्ने छ । मुद्धा मामिलासम्बन्धी विषय उत्पन्न हुने र धाउनु पर्ने छ । परिवारका सदस्यहरुबीच सद्भाव र सहयोगको वातावरण कायम हुने छ । धैर्य भएर कदमहरु चाल्नु पर्ने बेला रहेको छ ।

सिंह
पेशागत जीवन मध्यम खालको रहने छ । विदेश यात्राको ढोका खुल्न खोजे पनि केही अवरोध कायम नै रहने छ । शेयर क्षेत्र मध्यम खालको रहने छ । कडा शैलीको व्यक्तित्व बन्ने हुँदा झैझगडाको अवस्था आउने छ । स्वादिष्ट भोजन खान पाइने अवसर प्राप्त हुने छ । सामाजिक कल्याण्का लागि सक्रिय हुन मन लाग्ने छ । स्वास्थ्यमा भने असन्तुलन पैदा हुँदा मनोबलको कमि हुने छ । 

कन्या
पेशागत जीवनमा पनि उल्झनहरुको सामना गर्नुपर्ने छ । आर्थिक कठिनाई उत्पन्न हुने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । मनमा अस्थिरताका क्रमहरु एकपछि अर्काे गर्दै आउने हुँदा तनाव कायम हुने छ । दाम्पत्य जीवनमा एकअर्काको भरोषा कायम रहने छ । सवारीसाधनसम्बन्धी विषयमा समस्या खेप्नु पर्ने छ । 

तुला
पेशागत जीवनमा सफलताहरु प्राप्त हुने छ । खर्च नगरि नहुने बाध्यात्मक अवस्था आउने भएकाले खर्च बढेर जाने छ । शेयर क्षेत्र मध्यम खालको रहने छ । मानसम्मान प्राप्त हुने छ । अरुले कदर गर्ने छन् र आफुले पनि अरुको कदर गर्न मन लाग्ने छ । आर्थिक जीवन सहज बन्ने छ । जोखिमपूर्ण क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । बोली प्रभावकारी हुने छ । धन माल चोरी हुने खतरा रहेकाले चनाखो रहनु होला ।

वृश्चिक
पेशागत जीवनमा प्रगति प्राप्त हुने छ । विदेश यात्रा सफल हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । जीवनसाथिको साथका कारण व्यावहारिक सन्तुलनमा ठुलो मद्दत मिल्ने छ । सफलताका मात्राहरु एकपछि अर्काे गरि आउने छन् । परिवारमा प्रेममय वातावरण बन्ने छ । बन्धु बान्धवहरुसँग मिलन हुने छ भने सौहार्दतामा बृद्धि हुने छ । यौन जीवनमा संयमित रहनु पर्ने देखिन्छ । 

धनु 
पैतृक सम्पत्तिमा नोक्सानी व्योहर्नु पर्ने छ । साथै बेचबिखन गर्नुपर्ने बाध्यात्मक अवस्था आउने भएकाले आर्थिक चुनौति थपिने छ । पेशागत जीवनमा कठिनाईको सामना गर्नुपर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । उल्झन र आरोप प्रत्यारोपका कारण उत्साहको कमि हुन जाने छ । परिवारमा झैझगडाको अवस्था आउने छ । दाम्पत्य जीवनमा कटुता र असमझदारी उत्पन्न हुने छ ।

मकर
पेशागत जीवनमा चुनौति आउने छ । शेयर बजार पनि प्रतिकुल रहने छ । भाग्यको साथ नभएकाले संघर्ष धेरै गर्नुपर्ने छ । प्राप्त भइरहेको विश्वासमा कमि आउने छ । गलत संगत जस्ता विषयमा निकै चनाखो रहनु होला । सवारीसाधनसम्बन्धी विषयमा धैर्य भएर निर्णय लिनु होला । पश्चातापका क्रमहरु मनमा देखा पर्दा तनावपूर्ण मनस्थिति बन्न पुग्ने छ । बौद्धिकतामा कमि आउने छ ।

कुम्भ 
पेशागत जीवनमा उन्नतिका कदमहरु प्राप्त हुने छ । सामाजिक रुपमा कदर र सम्मान प्राप्त हुने छ । आर्थिक पक्ष सवल बन्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । घर घडेरी तथा सवारीसाधनको कारोवारमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । नयाँ वाहनको दरिदमा अवरोधहरु आउने छ । मनमा अन्योलताका क्रम औसत भन्दा बढि आउने छ । दाम्पत्य जीवनमा उत्साहपूर्ण वातावरण कायम हुने छ ।

मीन
पेशागत जीवन सकारात्मक दिशामा अघि बढ्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । बोलीको प्रभावमा बृद्धि हुने हुँदा अरुको विश्वास सजदै प्राप्त हुने छ । नयाँ नयाँ मानिसहरुसँग भेटघाट हुने अवसर प्राप्त हुने छ भने नयाँ स्थानमा भ्रमण हुने छ । नयाँ सोच र योजनाहरु बन्ने छन् । परिवारमा विश्वासको वातावरणमा खलल उत्पन्न हुन जाने छ । अलि एकलकाँटे स्वाभाव देखिने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement