शेयर बजार दोहोरो अंकले बढ्दा एक अर्ब ४४ करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज दोस्रो दिन लगातार दोहोरो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.१० अंकले बढेको हो । ०.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९१८.१० अंकमा पुगेको छ । 

Advertisement

आज २५८ कम्पनीका ४० लाख ७७ हजार ७ सय ७८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८ सय ७८.३१ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन सुपरमाई हाइड्रो, सिर्जनशील लघुवित्त र एशियन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी आज तेह्रथुम पावरका लगानीकर्ताले सबैभन्दा बढी ३.१७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज आइएमई जनरल इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड १५ लाख १३ हजार २ सय ५३.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २६.८७ अंकले बजार घट्दा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१।०३ रुपियाँ र हिजो सोमबार १७.७० अंकले बजार घट्दा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय ९१।८४ रुपियाँ बराबरको कारोबार भएको थियो ।     
 

Advertisement

Advertisement