सत्सठ्ठी लाख ६२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६७ लाख ६२ हजार ९ सय ५७.२४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

दुई लघुवित्त, एक बीमा र एक हाइड्रो कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा नेको इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको २६ लाख २४ हजार ८ सय १८.२० कित्ता शेयर सूचीकृत भएको छ । 

त्यसैगरी अपि पावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ७.५ प्रतिशत बोनस बापतको २८ लाख ८३ हजार ६ सय ८६ कित्ता शेयर आजै सूचीकृत भएको हो । 

यता, आरएसडीसी लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको ८ प्रतिशत बोनस बापतको ६ लाख ४४ हजार १ सय २४.५९ कित्ता शेयर सूचीकृत भएको छ । 

यसैबीच साधना लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १९ प्रतिशत बोनस बापतको ६ लाख १० हजार ३ सय २८.४५ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement