सिद्धार्थ बैंकद्वारा पोखरामा बहुउद्देशीय हल निर्माण

Advertisement

काठमाडौं । सिद्घार्थ बैंकले पोखरामा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको आज उद्घाटन गरेको छ । आज एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले भवनको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख एवम्प्रतिष्ठित उद्योगी, व्यापारीे समूहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Advertisement

बैंकले विगत १६ वर्ष देखि पोखरा वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि उक्त भवनमा स्थानान्तरण गरेको छ ।

अत्याधुनिक प्रविधिमैत्री बैंकिङ मार्फत आम ग्राहकहरु समक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

साथै बैंकले उक्त समुद्घाटनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सो को लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहिन बिद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न रु. ४० लाख सम्मको सहयोग गर्ने सम्झौता गरेको छ । 

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र श्री अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेका हुन् । 

Advertisement

Advertisement