सानिमा बैंकद्वारा ग्लोबल मनि वीकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । सानिमा बैंकले चैत्र ६ देखि चैत्र १२ गतेसम्म ग्लोबल मनि वीक अभियान अन्तर्गत देशैभरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो ।

Advertisement

वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरियो । 

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत    सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ एटिएम सञ्जालहरु संचालनमा छन् ।
 

Advertisement

Advertisement