नागरिक लगानी कोषले आइएमई लाईफको शेयर प्रत्याभूति गर्ने

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले आइएमई लाईफ इन्स्योरन्स कम्पनीको शेयर प्रत्याभूति गर्ने भएको छ ।

प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका छन् ।

Advertisement

सम्झौता अनुसार लगानी कोषले इन्सोरेन्सको १ सय रुपियाँ मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपियाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपियाँको शेयर प्रत्याभूति गर्नेछ ।

Advertisement

Advertisement