रावा इनर्जीको आईपीओ चैत २३ गतेदेखि, कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चैत्र २३ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत श्रमिकहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।  

कम्पनीले आयोजना प्रभावित खोटाङ जिल्लाका केपिलासगढी गाउँपालिकाका स्थानीयलाई २ लाख ८० हजार कित्ता र श्रमिकहरुका लागि ५६ हजार कित्ता शेयर आईपीओ निष्काशन गर्न लागेको को ।  

Advertisement

आईपीओमा स्थानीयले छिटोमा बैशाख ७ गतेसम्म र ढिलोमा  बैशाख २२ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रमिकहरुले भने बैशाख ७ गतेसम्म मात्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

कम्पनीले खोटाङको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  गरी विद्युत उत्पादन गरिरहेको छ भने सोही खोलामा २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको जनाएको छ । 

स्थानीय र श्रमिकहरुका लागि आईपीओ बिक्री गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । कम्पनीले कूल ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्न सेबोनबाट अनुमति पाएको छ । 

Advertisement

Advertisement