भूगोल इनर्जीको आईपीओ चैत २३ बाट निष्काशन खुला

Advertisement

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले  चैत्र २३ गतेदेखि २७ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपियाँ बराबरको १० लाख ८८ हजार १ सय ७ कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।

Advertisement

एक लाख ८ हजार ८ सय ११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ७१ हजार ९ सय १६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बाँकी १३ लाख ४६ हजार ९ सय ९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओ एक लाख ३४ हजार ६ सय ८८ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाउने बिक्री प्रबन्धक एनआईसी  एसिया क्यापिटलले जनाएको छ । 

कम्पनीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी बिद्युत उत्पादन गरिरहेको जनाएको छ । 

Advertisement

Advertisement