बिपिडब्लु लघुवित्त र मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटल मार्केट्सबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । 

सम्झौतापत्रमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका सीईओ दिलिपकुमार पोखरेल र मेगा क्यापिटलका सीईओ शुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

Advertisement

उक्त कार्यक्रममा मेगा क्यापिटलका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो ।

सम्झौतासँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्फत उपलब्ध गराइने छ । 

Advertisement

Advertisement