उपेन्द्र यादवले आफ्नो लागि सुरक्षित गरेको निर्वाचन क्षेत्रमा सीके राउतले पनि उम्मेदवार उठाउने

Advertisement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसअघि सो क्षेत्रबाट निर्वाचित साँसदलाई उपराष्ट्रपति बनाएर आफू उपनिर्वाचनबाट विजयी भई संसदमा छिर्ने योजना बनाइरहेको बेला राउतले सो क्षेत्रमा उम्मेदवार उठाउने र जिताएरै छोड्ने घोषणा गरे । 

Advertisement

माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहलाई पार्टीमा प्रवेश गराउँदै राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र जिताउने बताए । मधेसको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमती सत्तारुढ गठबन्धनमा भएको जिकिर गर्दै उनले त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न आग्रह गरे । 

राउतले बैकल्पिक नयाँ राजनीतिक दलहरुलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गरे । ठूला पार्टीहरु पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरुले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाई थियो । 

राउतले भने, ‘वैकल्पिक सबै राजनीतिक पार्टीहरुले के बुझ्नुपर्छ भने सत्यको पक्षमा उभिने हो । यदि हामीहरु यसरी नै विभाजित भइरहने हो भने माथिका ठूलो दलहरुले के गरिरहेका छन । तपाईहरुले बुझनै भएकै छ । उनीहरुको सिद्धान्त नमिले पनि पदकै लागि उहाँहरु जहिले पनि मिल्नु हुन्छ । तर बैकल्पिक राजनीतिक शक्तिहरुले चाँही किन सकिरहेका छैनन ? त्यो सोच्नु पर्छ । हामी जति पनि बैकल्पिक नयाँ राजनीतिक शक्तिहरु छौं । तिनीहरु मिलेर अब शिवचन्द्र कुशवाहजीलाई पछिल्लो निर्वाचनमा पनि उहाँले साढे तीन सय झिनो मतले पराजित हुनु भएको थियो । उहाँले जित्ने प्रवल सम्भावना भएकाले त्यसमा अन्यथा भोट काटने काम नगरौं ।’ 

Advertisement

Advertisement