कालीका र विजय लघुवित्तको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

कालीका लघुवित्त र विजय लघुवित्तको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा कालीका लघुवित्तले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ६५९.६६ कायम गरिएको छ । यसअघि रु. ७८५ थियो । 

त्यसैगरी विजय लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ६५८.३३ कायम गरिएको छ । यसअघि रु. ७९० थियो । 

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै दुबै कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement