कसरी हुन सक्छ पूँजी बजारको सुधार ? लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा कसले के भने ?

Advertisement

काठमाडौं । ‘समृद्ध नेपालको आधार, पूँजी बजारमा सुधार’ विषयमा लगानीकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजी बजार लगानीकर्ता संघको आयोवना तथा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालको प्रमुख आतिथ्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

उक्त कार्यक्रमका वक्ताहरुले पूँजी बजारको सुधारका लागि आ-आफ्नो धारणा राखेका थिए । 

कसले के भने ? 
–रमेशकुमार हमाल, अध्यक्ष ,सेबोन
लगानीकर्ताको आवाज र माग नै मेरो पनि हो, अध्यक्ष हुने दौडमा सरकारलाई बुझाएको भिजन पनि लगानीकर्ताको माग सम्बोधन गर्ने प्रकारकै थियो । तर, माटो सुहाउँदो नीतिनिर्माता हुनु पर्ने बाध्यता रहँदा भिजन अनुसारको काम गर्नु समस्या भइरहेको छ । 

नेपालको पुँजी बजारका लागि बनाइएका नीति नै कमजोर छ । बिना अध्ययन नीति बनाइएको छ । यो सबै समस्यालाई समाधान गर्न हामीले एकजुट भएर काम गर्नु पर्छ ।  कार्यन्वयनमा एकमत नहुँदा विकास सुस्त भएको हो । 

अब मेरिट बेसिस नीति निर्माण गर्नु पर्छ ।  रिसर्चको आधारमा नीति निर्माण गर्न बोर्ड तयार छ, तर त्यसको लागि सरकार सहमति दिन सक्ने अवस्थामा छैन । 

ब्रोकर कम्पनीहरु सक्षम हुनु अति आवश्यक हुन्छ । त्यसैले बोर्डले ५ वटा मापदण्ड तोकेर नयाँ मौका दिएको छ । नयाँ ब्रोकर र स्टक आउँदा पुँजी बजारमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । बजारको विकास र लगानीकर्ताको हितका लागि बोर्डको पहिलो कदममै अवरोध आयो । तर, बोर्डले आफ्नो कदम पछि सार्दैन । वास्तविक र वस्तु परक पूँजीबजार निर्माण गर्नु बोर्डले मेरिट बेसिस नीति निर्माण गर्न खोजेको हो । 

जनताले तिरेकै करले सरकार र बोर्ड चलेको छ, तर जनतालाई सेवा दिन भने ढिलो गर्नु अस्वाभाविक हो । यस्तो प्रवृत्तिलाई बोर्डले हटाउने प्रयास गरिरहेको छ । 

स्वच्छ प्रतिस्पर्धाले मात्रै बजार अटो मोडमा जान्छ । कस्ट अफ ट्रेडिङ घटाउने र सहज सेवा उपलब्ध गराउने बोर्डको उद्देश्य हो । ब्रोकरको क्षमता बढाउनै पर्छ । 

अहिलेको स्टक पूँजी बजार र लगानीकर्ताको आवश्यकता पूरा गर्ने क्षमताको छैन । नेप्सेको रिफर्म गर्न नसक्ने भएर नै निजी स्वामित्वको स्टकको अवश्यक परेको हो । अस्थिर नीतिले लगानीकर्ता मात्रै नभएर समग्र पूँजी बजार प्रभावित भइरहेको छ । 

ब्रोकर कमिसन घटाउन बोर्ड सकारात्मक छ, तर नीति निर्देशन संसोधन गर्न सरकार तयार नभएको हुँदा बजार विकासमा अवरोध आइरहेको छ ।

–ताराप्रसाद फुल्लेल, कार्यवाहक अध्यक्ष, शेयर लगानीकर्ता संघ नेपाल 
ब्रोकर कमिशन धेरै भयो, लगानीकर्ता मर्कामा परे, लगानीकर्ताको आवश्यकतामा ब्रोकररहित शेयर कारोबार हुनु पर्यो । अर्थ मन्त्रालय र राष्ट्र बैंकले बढी ब्याज घटाउन ध्यान नदिएको हुँदा लगानीकर्ता थप समस्यामा परेका छन् । बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेर गल्ती गर्यो, ती कम्पनीमा लगानी गर्ने लगानीकर्ताको पैसा माटोमा मिल्यो । 

–छोटेलाल रौनियार, पूर्वअध्यक्ष नेपाल इन्भेष्टर्स फोरम
लगानीकर्ताहरु ब्रोकर र नेप्सेको कमिशन, सिडिएसको कमिशन, सरकारलाई  कर  तिर्न पनि नसक्ने अवस्थामा छन् । बैंकको ब्याज तिर्न नसक्ने, भएकोले लगानीकर्ता आत्महत्या गर्ने स्थितिमा पुगेका छन् ।

ब्रोकर कमिसन अधिकतम ०.२५ प्रतिशत हुनु पर्छ ।  अदालतीको काम यथाशीघ्र टुंगो लगाएर नयाँ स्टक, ब्रोकर, कम्बोडेटीको लाइसेन्स प्रक्रिया छिटो भन्दा छिटो टुङ्ग्याउनु पर्छ । त्यसमा लगानीकर्ताले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन् । शेयर बजारको विकासको लागि नयाँ स्टक र ब्रोकर अपरिहार्य हो । कुनै व्यक्ति समूहले नपाएको हुँदा बाधा अर्चन ल्याएको हो । सरकार समेत ती व्यक्तिहरुको प्रभावमा परेको छ ।

नयाँ स्टक र ब्रोकर आउँदा प्रतिस्पर्धा, बढ्ने पुरानोको सिन्डिकेट (एकाधिकर) तोडिने हुँदा कमिशन समेत घट्ने निश्चित छ, त्यसले गर्दा लगानीकर्ताको खर्च घट्छ । 

बोर्डले शेयर धितो कर्जाको ब्याज घटाउन बैंकले ब्याजदर एकल अंकमा ल्याउन, क्यापिटल गेन ट्याक्स घटाउन पहल गर्नु पर्छ । साथै विभिन्न कम्पनीहरुले घोषणा गरेको बोनस राष्ट्र बैंकको निर्देशनमा घटाइरहेका छन् । यसले बजारमा नराम्रो असर परिरहेको छ । राष्ट्र बैकलाई त्यसो नगर्न बोर्डले आग्रह गर्नु पर्छ । 

Advertisement

Advertisement