Advertisement

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याजपीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन गएका राप्रपाका प्रमुख सचेतकमाथि दुव्र्यवहार भएको भन्दै त्यसको भत्र्सना गरेका छन् । 

बुधबार संसदमा उनले सरकार मुठभेढतर्फ जान लागेको हो ? भनि प्रश्न गरे । लिङदेनले गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? भनेर प्रश्न पनि गरे । उनले पीडितलाई चाँडो न्याय दिन पनि माग गरे । 

Advertisement

लिङ्देनले भने, ‘मिटरब्याजपीडितहरु काठमाडौं आइपुगेपछि जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरुसँग एक्येवद्धता गर्न जाँदाखेरी सत्तापक्ष कार्यकर्ताहरुबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुव्र्यवहार गर्ने प्रयास गरियो, त्यसको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । म सरकारसँग प्रश्न गर्न चाहन्छु के सरकार मुठभेढतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? म प्रश्न गर्न चाहन्छु । सरकार मुठभेड निम्त्याउनेतर्फ अग्रसर नहोस् । मिटरब्याजीहरुको दुव्र्यवहार, गलत प्रवृत्तिका कारण जो सर्वसाधारण पीडितहरु छन्, उनीहरुलाई चाँडोभन्दा चाँडो न्याय दिलाउने र कुनै पनि प्रकारको ढाकछोप गर्ने, अल्मल्याउने काम नहोस् ।’

उनले आफूहरु प्रदेश संरचनाको विरोधी भए पनि पूर्वमा भइरहेको आन्दोलनप्रति सरकार मुकदर्शक बनेकोमा आलोचना गरे । सरकारको नेतृत्व गरिरहेको दलले नै जातका आधारमा राज्य बाँड्ने आश्वासन दिएर समस्या सिर्जना गरेको बताउँदै लिङ्देनले कोशी प्रदेसको नामाकरणको सम्बन्धमा सो प्रदेशमा भइरहेको आन्दोलनमा सरकारको धारणाको माग गरे । 

Advertisement

Advertisement