एनसीएचएलको सञ्चालकमा ढकाल र दाहाल नियुक्त

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सञ्चलाकमा महेश ढकाल र जगदीश दाहाल नियुक्त भएका छन् ।  

एनसीएचएलको सञ्चालक समितिको बैठकले वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी सीईओ ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुमार्फत प्रवर्द्धित एनसीएचलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंक तर्फबाट तीनजना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एकजना गरी जम्मा सातजना रहने व्यवस्था रहेको छ।

एनसीएचएलले राष्ट्रियस्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।  

Advertisement

Advertisement