प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा आज दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

Advertisement

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको एक्काईसौं वार्षिक साधारण सभाबाट ३.३२५ प्रतिशत बोनस शेयर र ०.१७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । 

साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाईस चुक्ता पूँजीबाट बोनस शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।

Advertisement

Advertisement