यामाहाको ‘पावर अफ फाइभ’ उपहार योजनाः किन्नु अघिनै ५० हजार जित्ने मौका

Advertisement

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अफरहरू सार्वजनिक गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको अफर अनुसार ‘पावर अफ फाइभ’ योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपियाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । 

Advertisement

त्यस्तै, खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत रु १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने  मौका पाउने छन् । खरिद गरे पश्चात्  पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड शेयर गरी साप्ताहिक रूपमा आईफोन १४ वा एप्पल वाच वा एप्पल इयरपोर्ड जित्ने मौका पाउनेछन् । 

यो योजना आर१५, एमटी१५ र फेसिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement