ब्याजदर निरन्तर घटाउँदै जान्छौं, कसैले आन्दोलन गर्दैमा घटबढ हुने होइनः केसी

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कसैले आन्दोलन गरेर ब्याजदर नघट्ने बताउँदै ब्याजदर निरन्तर घट्ने क्रममा रहेको बताएका छन् । 

संघले आज आयोजन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले ब्याजदर घटाउन प्रयास गरिरहेको बताए । उनले भने, ‘आन्दोलन गरेर ब्याजदर घटबढ हुँदैन, माग र आपूर्तिले निर्धारण गर्छ ।’ 

Advertisement

‘घरजग्गाको कारोबारमा कमी आउँदा बैंकको खराब कर्जा बढेको छ, उक्त अवसरमा केसीले भने । 

पछिल्लो समय बैंकहरुले अर्थतन्त्र चलायमान बनाउन ‘होम लोन’ लाई प्राथमिकता दिएको उनले बताए । बैंकहरु विरुद्ध विभिन्न समूहले जारी राखेको आन्दोलनले विदेशी लगानीलाई प्रभावित पारेको उनको भनाई छ । 

सरकारी खर्च र राजश्व संकलनको तालमेल नमिलेको हुँदा आगामी दिनमा तरलता अभावको समस्या बढ्न सक्ने अनुमान गरे । 

उक्त कार्यक्रममा संघका सदस्य सुदेश खालिङले आगामी दिनमा बैंकहरुको स्रोत व्यवस्थापनमा राष्ट्र बैंक र अर्थमन्त्रालयले पहल गर्नु पर्ने उल्लेख गरे । 

Advertisement

Advertisement