Advertisement

धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक चाँडै नै मध्यावधी चुनावमा जानसक्ने बताएका छन् । कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले मुलुक मध्यावधी चुनावमा जानसक्ने संभावना बढेर गएको बताएका हुन् । 

मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको टिप्पणी गर्दै पौडेलले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्ने संभावना नरहेको बताएका हुन् । 

Advertisement

अहिलेको गठबन्धन भत्काउने, तोड्ने जस्ता खेलमा एमाले नलाग्ने बताउँदै तर एमालेले चाहेमा गठबन्धन तोड्न धेरै समय नलाग्ने बताए । पौडेलले भने, ‘अहिले म तिथिमिति तिर जान्न । मैले यति भनें कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने काममा लागेका छैनौं । एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यदि एमालेले त्यो आवश्यक्ता महशुस गर्यो भने केही हप्ताको काम हो ।’

साथै नेता पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरे । 

Advertisement

Advertisement