सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको चैत ८ गतेदेखि चैत १२ गतेसम्म निष्काशन खुला भएको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ३ लाख ५८ हजार १ सय ७६ जनाले १०–१० कित्ताका दरले पाएका छन् । 

Advertisement

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट www.prabhucapital.com  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट sagarmathajbc.com.np बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ । 

कम्पनीको आईपीओमा १४ लाख ३३ हजार ७ सय १७ जनाले १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपियाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ताका लागि आवेदन दिएका थिए ।  

Advertisement

कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका बिक्री खुला गरेको थियो । 

चार लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि  र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । 

बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो । 

Advertisement