टिकटक बनाएको आरोपमा हिमालय एयरलाइन्सका तीन उडान कर्मचारी कारवाहीमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन जना उडान कर्मचारी (क्याबिन–क्रु)लाई कारबाहीमा गरेको छ । 

प्राधिकरणका अनुसार उडानका बेला टिक टक भिडियो बनाएकाले हिमालय एयरलाइन्सका तीन जना उडान कर्मचारीलाई कारबाही गरिएको हो । 

Advertisement

बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा टिक टक बनाएको जनाइएको छ । कारवाहीमा पर्नेमा एक पुरुष र दुई महिना कर्मचारी छन् । 

उनीहरुलाई तीन महिनादेखि छ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको प्राधिकरणले जनाएको छ । कारबाही भुक्तान गरेपछि कक्षा लिएर मात्रै उनीहरु पुनः काममा फर्किन पाउने छन् । 
 

Advertisement

Advertisement