चुलिँदो व्यापार घाटा मन्त्रीहरुले जतिसुकै भाषण र प्रस्ताव पारित गर्दैमा सुधार भइहाल्दैनः श्रेष्ठ

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन् । 

शुक्रवार राजधानीको भृकुटीमण्डपमा सुरु भएको २४औं फ्लोरा एक्स्पोमा उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताएका हुन् । 

Advertisement

श्रेष्ठले वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले सकारात्मक रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रमा सुधार र विकास निर्माणलाई गुणात्मक बनाउन मेहनत आवश्यक रहेको बताए । 

मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सहमत रहेको बताउँदै आज नै मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि अर्थतन्त्रको विषयमा छलफललाई निश्चित टुङ्गोमा पुर्याउने बताए । 

सरकारले प्राथमिकताको आधारमा नीति र योजना बनाउने श्रेष्ठले बताए । उनले अर्थतन्त्र तत्काल निरास हुनुपर्ने स्थितिमा नभएको दावी गर्दै अर्थतन्त्रलाई सरकारले यथास्थितिको निरन्तरतामा नराख्ने बताए । श्रेष्ठले भने, ‘वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले प्रत्यक्ष रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रलाई सुधार गरी विकास निमार्णलाई गुणात्मक बनाउन सरकारले  धेरै मेहनत गर्नुपर्छ । अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ 

उनले थपे, ‘अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सरकार सहमत छ । सरकारले यो विषयमा गम्भीर रुपमा गृहकार्य थालेको छ ।’ श्रेष्ठले सरकारले चुलिँदो व्यापार घाटालाई मन्त्रीहरुले जतिसुकै भाषण र प्रस्ताव पारित गरेपनि मुलुकको अर्थतन्त्रको यात्रालाई सही दिशातिर लैजान नसक्ने दाबी गरे । 

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विकास र समृद्धिको लागि पहिलो शर्त भएको उनले बताए । श्रेष्ठले सरकारले पुँजीगत खर्चमा वृद्धि गर्न आवश्यकता रहेको बताए । श्रेष्ठले व्यापार घाटा कम गर्नको निम्ति उत्पादनमा वृद्धि गरे मात्रै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्न सकिने बताए । 

Advertisement

Advertisement