गरिमा विकास बैंकले सार्वजनिक गर्यो क्यालेण्डर, नयाँ वेवसाईट पनि शुभारम्भ

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले पनि आज नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारिक क्यालेण्डर विमोचन गरेको छ । 

केन्द्रीय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गरेका हुन् । 

Advertisement

बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ । 

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले स्तरोन्नती  गरि ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारम्भ गरे ।  

बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । 

Advertisement

Advertisement