सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु

Advertisement

काठमाडौं । सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुक्रबारबाट सुरु भएको छ । बैशाख ३ सम्म सञ्चालन हुने महोत्सव नजिकिँदो नयाँ वर्ष तथा विस्केट जात्रालाई लक्षित गरेर आयोजना गरिएको आयोजक दीपक थापाले बताए ।  

औद्योगिक शान्ति संस्था, मध्यपुर ब्वाइज ब्याण्ड, जिल्ला खेलकुद संस्थाहरुको सहयोगमा मेला आयोजना गरिएको उनले बताए । राष्ट्रियस्तरका कलाकाहरुको प्रस्तुती रहने महोत्सवमा बालबालिकाका लागि मनोरञ्जन दिने व्यवस्था पनि मिलाइएको छ । 

Advertisement

कोरोना महामारीका कारण दुई वर्ष महोत्सव रोक्किएकोमा यो बर्षदेखि सुचारु गरिएको हो । यस वर्ष पनि आर्थिक मन्दीका कारण मेला रोक्नुपर्ने हो कि ? भन्ने डर रहे पनि सुरु गरिएको थापाले बताए । 

दुई लाखले अवलोकन गर्ने अनुमान गरिएको यो मेलामा स्थानीय उत्पादनहरु प्रर्दशनीका लागि राखिएको छ । मेलामा विद्युतीय सामग्री, लताकपडा, झोला, भत्तmपुरे जुजु धौ, कृषि सामग्री, खानाका परिकारका दुई सय वटा स्टल राखिएको छ । 

Advertisement

Advertisement