स्वास्थ्य बचाउन रासायनिक मलको आयात बन्द गरी रिकिशी कम्पोष्ट मल प्रयोग गरौंः साखः ग्रुप

Advertisement

काठमाडौं । साखः ग्रुपले कृषि रियोजनाको रुपमा कम्पोष्ट मलको व्यवसायिक उत्पादन सुरु गरेको छ । उक्त ग्रुपअन्तर्गतको रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर प्रा।लि।ले जापानी प्रविधिमा आधारित दुर्गन्धरहीत मल बजारमा ल्याएको हो । 

रिकिशी ब्राण्डको कम्पोष्ट ९प्राङ्गारिक० मलको उत्पादन दुधौली नगरपालिकामा गरिन्छ । जापानी सीएनबीएन प्रविधिको यो मल जापानस्थित क्योटो विश्वविद्यालयबाट प्रमाणित भएको साखः ग्रुपका निर्देशक किरणप्रकाश साखःले बताए । 

Advertisement

उनले सीएनबीएन प्रविधिको कम्पोष्ट मल हालेपछि रासायनिक मल र बिषादी हाल्नुनपर्ने बताए । उनले रासायमिक मल आयातमा देशको अर्बौं रुपियाँ बाहिर जाने गरेको उदाहरण दिँदै त्यसको विकल्पमा सीएनबीएन प्रविधिको मल आएको बताए । 

रासायनिक मल र बिषादीको प्रयोगले नेपालीहरुको स्वास्थ्यमा समेत असर परेको बताउँदै यस्तो मललाई विस्थापित गरी अब कम्पोष्ट मल मात्रै प्रयोग गरेर खाद्यान्न, तरकारी र फलफूल उत्पादन गर्नुपर्ने बताए । 

रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर प्रा।लि।की उषा गिरिले अब नेपालमा युरिया मलको कारखाना खोल्ने होइन्, कम्पोष्ट मलको प्रवद्र्धन गर्नुपर्छ भन्दै थुप्रै देशमा प्रयोग हुँदै आएको सीएनबीएन प्रविधिको कम्पोष्ट मल अब नेपालमा पनि भित्रिएको बताइन् ।

उनले युरिया मल प्रयोग भएका खानेकुरा विषाक्त हुने बताइन् । गिरिले आफूहरुको मल उत्पादन गर्ने प्लान्ट हेर्न पालिकाका प्रमुखहरु आउने गरे पनि आफ्नै गाउँ नगरको फोहोरबाट बन्ने कम्पोष्ट मल प्रयोग गर्ने गराउने कुरामा सक्रियता नदेखाउने गरेको बताइन् । अर्गानिक खानेकुरा खान नेपाल जानुपर्छ भन्ने बनाउन आफूहरुले योजना बनाएको उनले बताइन् । 

सीएनबीएन प्रविधिका संस्थापक जापानी नागरिक रिकियो हासिमोतोले रासायनिक मलका कारण मौरीहरु मासिँदै गएको उदाहरण दिँदै मानव स्वास्थ्य र पर्यावरण बचाउन पनि कम्पोष्ट मलको प्रयोग बढाउनुपर्ने र रासायमिक मलको प्रयोग घटाउनुपर्ने बताए ।

Advertisement

Advertisement