नेपाल टेलिकमले ल्यायो नयाँवर्ष अफर, ग्राहकले भ्वाइस तथा डाटामा छुट पाउने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने भएको हो ।

कम्पनीले ४९ रुपियाँमा एक दिनभर चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न मिल्ने सुविधा भएको सय मिनेट बराबरको अन नेट भ्वाइस सेवा उपलब्ध गराउने भएको हो । 

Advertisement

त्यस्तै, डाटा प्याकेज अन्तर्गत ९८ रुपियाँमा तीन दिन चलाउन सकिने ६ जीबी डाटा,  १ सय ९९ रुपियाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९४ रुपियाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपियाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने टेलिकमको योजना छ । 

साथै, एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध हुनेछ । उक्त योजना अनुसार  २ सय रुपियाँदेखि ४ सय ९९ रुपियाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन एक जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यस्तै, ५ सय रुपियाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर भोलिदेखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुनेछ । उक्त नयाँ अफरसँगै आफ्ना ग्राहक तथा नेपाली नागरिकमा नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए  । 

Advertisement

Advertisement