अनियमित विद्युत आपूर्ति, ट्रिपिङ, लो भोल्टेज नरोकिए आन्दोलनमा उत्रिने पूर्वका उद्योगीको चेतावनी

Advertisement

काठमाडौं । उद्योग संगठन मोरङले विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्वसूचना नदिई विद्युत कटौती जस्ता कारणले आफूहरुलाई झनै मरणासन्न अवस्थामा पुर्याएको बताएका छन् ।  

संगठनले विज्ञप्ति जारी गर्दै लामो समयदेखि बजारमा ब्याप्त मन्दी, बैंकको चर्को ब्याजदरलगायत आन्तरिक तथा बाह्य कारणले शिथिल बनेको उद्योग व्यवसाय क्ष्ँेत्रले गएको पुसदेखि विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्वसूचना नदिई विद्युत कटौती जस्ता समस्या भोग्नुपर्दा आफूहरुमाथि झन संकट थपिएको बताएको हो । 

Advertisement

वर्तमान विषम परिस्थितिमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तुमाथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पुर्याउँदै आईरहेका उद्योग व्यवसाय विद्युत समस्याका कारण निर्वाध सञ्चालन हुन नसकेको भन्दै संगठनले यही अवस्था कायम रहे उद्योगी व्यवसायी सडकमा आउनुको विकल्प नरहने चेतावनी दिएको छ । त्यसपश्चात उत्पन्न हुने विकराल अवस्थाप्रति गम्भीर हुन संगठनले सरकारको ध्यानाकर्षण गराएको छ । 

विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुँदै गएको, उत्पादित वस्तुको गुणस्तरमा र प्रतिस्पर्धात्मक क्षमता नै हस आईरहेको संगठनको भनाई छ । औद्योगिक क्षेत्रको निर्वाध संचालनका लागि अत्यन्त महत्वपूर्ण कम्पोनेन्टका रुपमा रहेको विद्युत आपूर्तिलाई कुनैै पनि सूचना नदिई एवं विभिन्न कारण देखाई कटौति गरिदिँदा उत्पादन लागतमा हुने वृद्धि केवल उद्योगको मात्र नभई राज्यको नोक्सानीका रुपमा समेत लिई यसतर्फ गम्भीर हुन आग्रह आग्रह गरिएको छ । 

वर्तमान जटिल अवस्थाका बीच संचालनमा रहेका उद्योग प्रतिष्ठानले विद्युत आपूर्तिमा आईरहने समस्याका कारण भोग्नु परेको गम्भीर नकारात्मक प्रभावलाई दृष्टिगत गरी नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिको समस्यालाई समस्याको रुपमा लिई यसको उपयुक्त समाधान खोजी विद्युत आपूर्ति नियमित गरी सहज औद्योगिक वातावरण तयार गर्न संगठनले आग्रह पनि गरेको छ ।

Advertisement

Advertisement