म्याद सकिएको सम्झौता पत्र बोकेर नेपाल टेलिकममा खैलाबैला, प्रवक्ता भन्छन्- हामी कसैलाई चिन्दैनौ

Advertisement

काठमाडौं । नेपाल टेलिकमको केन्द्रीय कार्यालय बाहिर केही व्यक्तिहरुले धर्ना दिँदा त्यसले आमसर्वसाधारण र आम सञ्चार माध्यममा भ्रम पर्न गएको टेलिकमले स्पष्ट पारेको छ । टेलिकमले सेवा विस्तार र मर्मत सम्हारका लागि आवश्यकता अनुसार सेवा प्रदायकसँग सम्झौता गरे पनि उक्त अवधि सक्किसकेपछि कम्पनीहरुले कार्यालय घेराउ गरेको स्पष्ट पारेको हो ।

उक्त सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै त्यस्ता सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको टेलिकमले जनाएको छ । साथै, विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको पनि टेलिकमको भनाई छ ।

Advertisement

यस्तो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था छ । हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जनाकारी दिए ।
 

Advertisement

Advertisement