सञ्चय कोष र नागरिक लगानी कोषसँग वायुसेवा निगमले माग्यो ब्याजको हर्जानामा छुट

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले कोभिड महामारीको समयमा राम्रो व्यापार गर्न नसकेको भन्दै उक्त समयको ब्याजमा लागेको हर्जाना र पेनल छुट गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग माग गरेको छ । 

कोरोना भाइरसको कारण आफ्नो व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन र किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत दुवै संस्थालाई पत्र पठाएको बताउँदै निगमले यस सम्बन्धमा छलफल समेत भइरहेको जानकारी दिएको छ । 

Advertisement

निगमको व्यापार विस्तार भई नगद प्रवाहमा क्रमिक सुधार भएको पनि निगमको वर्तमान व्यवस्थापनले दावी गरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको भुक्तानी गर्दै गएको बताउँदै निगमले पछिल्लो पटक गत चैत्र ३० मा दुवै कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ ४५ पैसा भुक्तानी गरेको बताएको छ । 

त्यसअघि २०७९ असारमा एक अर्ब ३५ करोड, असोजमा ७३ करोड नौ लाख ५५ हजार २८१, पुसमा ३३ करोड नौ लाख ५५ हजार २८१ किस्ता बुझाएको पनि जानकारी दिएको छ । 

Advertisement

Advertisement