झलनाथ खनाल भन्छन्– कोदो खाएर म यति स्वस्थ भएको हुँ

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन् । शुक्रबार आयोजित नेशनल नर्सिङ कन्फ्रेन्समा उनले कोदो आएर आफू स्वस्थ भएको दावी गरे । 

खनालले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव पनि दिए । उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए । खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताए । 

Advertisement

उनले भने, ‘मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ । मेरो पनि अलि अलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन । मेरो स्वास्थ्य पहिला भन्दा धेरै राम्रो छ । म अहिले म्याराथनमा जाऔँ भनेपनि तयार भनेको जस्तो छु ।’

Advertisement

Advertisement