सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट दिने सम्झौता

Advertisement

काठमाडौं । सनराइज बैंकले भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । 

उक्त सम्झौता अनुसार अब बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १०% सम्म छुट प्राप्त गर्न सक्ने छन् । 

Advertisement

सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविनकुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका हुन् । 

भारतमा उपचारको लागि जाने कनेपालीा लागि लक्षित गरेर बैंकले छुट्टै हेल्थ केयर कार्ड पनि संचालनमा ल्याइसकेको छ भने अपोलो लगाएत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement