नेपाली बजारमा पनि जार्बोट ब्राण्डको बोटुलिनम टक्सिन

Advertisement

काठमाडौं । छाला तथा सौन्दर्य प्रयोजनमा प्रयोग हने जार्बोट ब्रान्डको बोटुलिनम टक्सिन नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । 

सोसाइटी अफ डर्माटो भेनेरो लेप्रोलोजिष्ट अफ नेपालको १७ औं राष्ट्रिय अधिवेशनको कार्यशालामार्फत जार्बोट ब्रान्डको बोटुलिनम टक्सिन नेपालमा लन्च गरिएको हो । 

Advertisement

भारतीय परिचित औषधि कम्पनी गुफिक बायोसाइन्सेस लिमिटेड, मुम्बईले नेपालमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेर आफ्नो उत्पादन नेपाली बजारमा बिक्री वितरण सुरुवात गरेको जनाएको छ । 

कार्यक्रममा बोल्दै गुफिक बायोसाइन्सेस लिमिटेडका मेडिकल डाइरेक्टर डा. राजेश लालचन्दानीले बोटुलिनमको प्रयोग बढ्दै गएकाले नेपालमा समेत यसको उपयोगिता बढ्ने विश्वास व्यक्त गरे । 

गुफिक बायोसाइन्सेसका लागि नेपालका कन्ट्री मेनेजर दीपक भट्टाचार्यले जार्बोट ब्रान्डको बोटुलिनम टक्सिन नेपालमा लोकप्रिय हुने भन्दै देशका सबै शहरहरुमा यस ब्रान्डलाई उपलब्ध गराइने बताए । 

Advertisement

Advertisement