अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा ५० रुपियाँ बोनस निरन्तर

Advertisement

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपियाँ  बोनसलाई निरन्तरता दिने भएको छ ।   

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिदै आएको छ ।

Advertisement

‘आइएमई पे’ ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिदैं ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको छ ।

 सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा पनि उपलब्ध हुनेछ ।

Advertisement

Advertisement