कामना सेवा विकास बैंकको सीईओमा थकाली नियुक्त, एक महिनापछि कार्यभार सम्हाल्ने

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । 

बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले थकालीलाई जेठ १४ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव डण्डपानी भट्टराईले जनाएका छन् । 

Advertisement

हाल प्रभु बैंकको चिफ बिजनेश अफिसरका रुपमा कार्यरत थकालीसँग प्रभु बैंकमै चिफ अफरेटिङ अफिसर र प्रभु क्यापिटलको प्रबन्ध निर्देशकको रुपमा कार्य गरेको अनुभव छ । 

लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत थकालीसँग सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीईओ पदमा कार्य गरेको अनुभव पनि छ । 

चार्टर्ड एकाउन्टेण्ट उनी एक्यानको पूर्व महासचिव समेत हुन् । 

सीईओ प्रबीण बस्नेत बाहिरिएपछि उक्त पद खाली रहँदै आएको थियो । हाल बिनय दाहालले कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

Advertisement

Advertisement