अन्तर्राष्ट्रिय चिया महोत्सव शुरु, चीन, अमेरिकाका चिया व्यापारी पनि सहभागी

Advertisement

काठमाडौं । राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा बिहीवारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सव शुरु भएको हो । 

महोत्सवको उद्घाटन कृषि, पशुपंक्षी मन्त्री डा.वेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरे । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव गरिएको आयोजकले बताएको छ । 

Advertisement

महोत्सव बिहीवार काठमाडौंमा शुक्रवार र शनिवार इलाममा हुनेछ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् । विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ । १५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement