कुखुरा पालक किसानलाई बचाउन भन्दै राजधानीको ढुंगेअड्डामा नेपाल एग ट्रेडिङ सञ्चालन

Advertisement

काठमाडौं । लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन् । 

व्यवसायीहरुले राजधानीको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगेअड्डामा यो कम्पनी सञ्चालनमा ल्याएका हुन् । बिहीवारबाट सञ्चालनमा आएको कम्पनीले नेपालमा उत्पादिन अण्डाको बजार प्रवद्र्धनसँगै उपभोक्ता र उत्पादनको हीतमा काम गर्ने प्रतिवद्धता जनाएको छ । 

Advertisement

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले कुखुरा पाल्नतर्फ राज्यले ध्यान दिन जरुरी रहेको बताए । उनले पहिला कुखुरा पाल्न सहज भए पनि पछिल्लो समयमा भने विभिन्न कारण समस्या भइरहेको बताए । 

विष्टले कुखुरा पालन खोक्रो भइसकेकाले उकास्न आवश्यक रहेको बताए । उनले पोल्ट्री व्यवसायमा खेल्ने काम भन्दापनि उत्पादन बढाउने र बजार सरलीकृत गर्ने काममा लाग्नुपर्ने बताए । विष्टले भने, ‘पहिला कुखुरा पाल्नलाई सहज थियो । उपभोक्ता र बिक्रेताले पनि सहज रुपमा पाउँथे । अहिले विकासका क्रममा आउने स्वभाविक कुराहरु अव्यवस्थित हुँदा धेरै मानिसहरु कुखुरा पालनबाट पलायन भएका छन् । साधारण किसानले पनि गर्नसक्ने पेशा हो यो । कुखुरा पालन खोक्रो भइसकेको छ । तर यसमा पनि केही मानिस खेलिरहेका छन्, खेल्ने होइन, उत्पादन र सरलीकृत गर्नुपर्छ । निश्कित मुनाफा नखाइ उद्योग चल्दैन तर नाफा खाने भनेर जतिपनि नाफा खाने होइन ।’

पोल्ट्री क्षेत्रमा विगतमा नाकाबन्दी, भूकम्प र त्यसपछिको कोभिड महामारीले धरासायी बनाएको विष्टको भनाई छ । उनले व्यवसायीले मात्रै अहिलेको समस्या समाधान गर्न नसक्ने बताउँदै राज्यले नै ध्यान दिनुपर्ने बताए । 

Advertisement

Advertisement