Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटेपनि जोखिम बढ्नसक्ने बताएका छन् । 

राष्ट्र बैंकमा बिहीबार आयोजित कार्यक्रममा उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरीवेक्षण नगरे जोखिम बढ्नसक्ने बताएका हुन् । भट्टराईले कोरोनापछि राष्ट्र बैंकले उदार नीति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको बताए । 

Advertisement

उनले राष्ट्र बैंक पूर्ण स्वायत्त भएको हुँदा अर्थतन्त्रमा परेको समस्यामा समाधान भएको बताए । भट्टराईले राष्ट्र बैंकले लिने मौद्रिक नीति माध्येमार्गी हुन जरुरी रहेको बताए । 

Advertisement

Advertisement