स्वस्थकर चिप्स र दालमोठको व्यवसायबाटै उठेकी सुन्दरी

Advertisement

काठमाडौं । बर्दियाकी सुन्दरी जोशीले विगत एक दशकदेखि  ‘सिर्जनशील दालमोठ तथा चिप्स उद्योग’ सञ्चालन गर्दै आएकी छन् । 

उनको उद्योगबाट केराको चिप्स, आलु चिप्स, चना, केराउको दालमोठ उत्पादन हुन्छ । जोशीले आलुको चिप्सबाट आफ्नो व्यापार सुरु गरेकी दिइन् । आलु उधारोमा खरीद गरी चिप्स बनाएर बिक्री सुरु गरेका ती दिन उनी बिर्सिन सक्दिनन् । जोशीले आलुको चिप्स बिक्री गरेर ऋण तिरेर व्यवसायका लागि भाँडाकुँडा जोडेकी थिइन् । 

Advertisement

उनले तालिम लिएर चिप्स र दालमोठ बनाउने व्यवसाय सुरु गरेकी हुन् । व्यवसाय सुरु गर्दा जोशीले आधा रकम तालिम दिनेले अनुदान दिएको थियो । त्यहीबाट प्रोत्साहित भएर उनले व्यवसाय अघि बढाइन् र सफल पनि भइन् । 

जोशीले आफ्नो उत्पादन साना किराना पसल र स्थानीयलाई बिक्री गर्दै आएकी छन । आफ्नो सामानको बिक्री र प्रवर्द्धनका लागि मेला, महोत्सवहरुमा सहभागी हुने गरेकी उनले भनिन, ‘प्रायः सबै जिल्लाका मेला महोत्सव छुटाउने गरेको छैन् । यस्ता महोत्सवमा बिक्री गर्दा दुई लाखसम्मको बिक्री हुने गर्छ ।’ मेला महोत्सव हुँदा पाँच जनासम्म काम गर्ने मानिस राखेर उत्पादन गर्ने गरेको जोशीले बताइन् । 

उनले चिप्स र दालमोठ उत्पादन गर्दा घरायसी मसला प्रयोग गर्छिन् । यसरी उत्पादित सामान स्वस्थकर र गुणस्तरीय हुने रहेको भन्दै जोशीले ९० दिनसम्म खान योग्य हुने बताइन् । आलुको सिजनमा ३० देखि ३५ कुइन्टलसम्म आलु काटेर सुकाउने गरेको उनले बताइन् । जाडो सिजन आएपछि तारेर मसला लगाएर बिक्री गर्ने उनले बताइन् । केराको चिप्सको लागि तत्कालै उत्पादन गर्नुपर्ने जोशीले जानकारी दिइन् । यसरी उत्पादित सामग्री उनले २० रुपियाँदेखि सय रुपियाँसम्म बिक्री गर्छिन् । 

Advertisement

Advertisement