वैदेशिक रोजगारीमा जीवन बिताउन मन लागेन्, स्वदेश फर्किएर ‘माली दाई’ सञ्चालनमा ल्याए

Advertisement

काठमाडौं  । सविन भट्टाचार्य र उमाकान्त सिटौला कुनै समय वैदेशिक रोजगारीमा थिए । तर अर्काको मुलुकमा लामो समय बिताउन उनीहरुले उचित ठानेनन् । आफ्नो भूमिमा केही गर्नुपर्छ भन्यो लाग्यो र नेपाल फर्किएर ‘माली दाई नर्सरी प्रा.ली.’ नामक कम्पनी संस्थापना गरी नर्सरी सञ्चालनमा ल्याए । 

काभ्रे भकुण्डेबेसींमा रहेको माली दाई नर्सरी सञ्चालनमा आएको छ महिना भयो । छ लाख रुपियाँ लगानीमा सुरु भएको यो नर्सरीमा तराईका विभिन्न स्थानबाट कागतीका बिरुवा संकलन गर्ने र नर्सरीमा ल्याई बिरुवा उमार्ने गर्दछ । 

Advertisement

काठमाडौंमा जग्गा सस्तो भाडामा नपाउने भएकाले भकुन्डेबेसींमा १२ आना जग्गा भाडामा लिएर कागतीका बिरुवाको व्यवसाय गर्दै आएको दुई लगानीकर्ता मध्येका एक सविन भट्टाचार्यले बताए ।

उनको नर्सरीबाट कागतीबाहेक सुन्तला, अम्बा, मुन्तालालगायतका बोटबिरुवा बिक्री वितरण हुँदै आएको छ । बाह्रै महिना फल दिने बिरुवा भएका कारणले कागती बढी मात्रामा बिक्री हुने भट्टाचार्यले बताए । उनले  बोटबिरुवा चावहिलको आफ्नो कार्यालबाट बिक्री हुने गरेको बताए । माली दाई नर्सरीमा छ जनाले काम गर्दैआएका छन् । 

भट्टाचार्यले भकुन्डेबेसींमा बोटबिरुवा उमार्न अनुकुलको हावापानी रहेको सुनाउँदै आफूहरुले उमार्ने बोटबिरुवा धेरै स्थानीयले नै खरीद गर्ने बताए । एउटा कागतीको बिरुवाको पाँच सयदेखि दुई हजार पाँच सयसम्ममा बिक्री हुन्छ । 

उनले भने, ‘कागतीको बिरुवाको दैनिक अर्डर आउँछ राजधानी बाहिर १० देखि १५ स्थानबाट अर्डर आउने गरेको छ । नेपालगञ्ज, कैलाली, गाईघाट, काँकरभित्ता, दमक, भैरवाहलगायतका थुप्रै ठाउँमा जाने गरेको छ ।’ 

नर्सरीबाट मासिक एक लाख  रुपियाँ मुनाफा हुने गरेको भट्टाचार्यले बताए । उनले प्रतिस्पर्धाको बजार भएका कारणले व्यापारमा नाफा भन्दा पनि ग्राहक बढाउनपट्टि लाग्नुपर्ने अवस्था रहेको बताए । बजारमा ग्राहकले नयाँ कुरा रुचाउने भएकाले पूरानो  प्रविधिलाई नयाँ जस्तो देखाउनुपर्ने उनले बताए ।

Advertisement

Advertisement