नेपाल एशिया कपमा छनोट, अब भारतसँग खेल्ने

Advertisement

काठमाडौं। नेपाल एशिया कपमा छनोट भएको छ। एसिसि प्रिमियर लिगमा चिरपरिचित प्रतिद्धन्दी युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउदै नेपाल एशिया कपमा छनोट भएको हो।

सोमबारलाई तय भएको फाइनल खेल वर्षाले प्रभावित भएको थियो। सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएई ९ विकेट गुमाएर १ सय ९ रन मात्रै बनाउन सकेको थियो। मंगलबार बिहान सोमबारकै खेललाई निरन्तरता दिदाँ युएई नेपाललाई १ सय १७ रनको मात्रै लक्ष्य दिएको थियो।

Advertisement

जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेल र क्याप्टेन रोहित पौडेललाई १ रनमै गुमाएको थियो। यस्तै आरिफ शेख पनि गुमाउँदा नेपालले मात्रै २३ रन जोडेको थियो। मध्यक्रमका ब्याट्म्यान भिम सार्की र गुल्सन झाले पारी सम्हाल्दै खेल जिताएका हुन्। जसमा झाले अभिजित ८४ बलबाट ६७ रन र भिम सार्कीले ७२ बलबाट ३६ रन बनाएका थिए।

एशिया कपमा एसियाका भारत, पकिस्तान, श्रीलंका, बंगलादेश लगायतसँग नेपालले खेल्ने अवसर प्राप्त गर्नेछ।

Advertisement

Advertisement