रिटर्नी संरक्षण कोष बनाउने फेडेरेशनको निर्णय

Advertisement

काठमाडौं । रिटर्नी फेडेरेन नेपाल (आरएफएन) ले ‘रिटर्नी संरक्षण कोष’ बनाउने भएको छ । वैशाख १६ र १७ गते ईटहरीमा बसेको केन्द्रीय समितिको वैठकले रिटर्नीहरुको आपत विपतमा सहयोगको लागि ‘रिटर्नी संरक्षण कोष’ बनाउने सहितको विभिन्न निर्णयहरु गरेको हो ।

वैठकहले ३ महिना भित्रमा बाँकी रहेका जिल्लामा संगठन बिस्तार गर्ने, बिभाग र सञ्जालका कार्यमा तिब्रता दिने, वेबसाईट र एप मार्फत सांगठनिक गतिबिधिको प्रचार र सदस्यहरुको बिस्तृत तथ्यांक संकलन गर्ने,उद्यमशिलता सम्बन्धी प्रशिक्षण, तालिम, गोष्ठी आयोजना गर्ने कार्ययोजना तयार गरेको छ ।

Advertisement

यसैगरी पार्टीका आम रिटर्नीहरुको साझा सामाजिक संस्थाको रूपमा बिकास गर्ने ,नेकपा (एमाले) को निर्देशन र आव्हानमा हुने सबैखाले अभियान र कार्यक्रमहरुमा संगठनको सिंगो शक्ति परिचालन गर्ने भएको छ ।

नियमित रुपमा बैचारिक, कार्यक्रमिक र सांगठनिक प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने ,संगठन निर्माण, अभिलेखिकरण, परिचालन, प्रशिक्षण र प्रचारप्रसारलाई प्राथमिक कार्यसूचिमा राखि कठोरताका साथ कार्यान्वयन गर्ने ,राज्य तहबाट रिटर्नीहरुको समग्र ब्यवस्थापनको लागि पार्टी मार्फत छुट्टै सरकारी संरचनानिर्माणका निम्ति पहल गर्ने लगायत उद्यमशिलतालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने योजना तयार गरेको छ ।

विभिन्न प्रदेशहरुमा प्रशिक्षणसहित केन्द्रीय समिति वैठक बस्ने निर्णय अनुसार यसपटक कोशीमा बसेको बैठक ४ महिना पछि भौतिक रुपमा लुम्बिनीमा बस्ने भएको छ ।

यसअघि पहिलो चरणमा प्रशिक्षण विभागका संयोजक विनोद भटराईको संयोजकत्वमा प्रशिक्षण कार्यक्रम भएको हो । सो प्रशिक्षणमा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोख्रेल, बिशेष अतिथि उप–महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य तथा जनसंगठन संयन्त्र उप–संयोजक रचना खड्का, पार्टी कोशी प्रदेश कमिटी अध्यक्ष तुल्सी न्यौपाने, सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवती भण्डारी, ईटहरी उप–महानगर कमिटी अध्यक्ष यम सुब्बा, संगठनका सल्लाहकार उमेश अधिकारीले फेडेरेशनका सम्बोधन तथा आथित्यता गरेका थिए । ।

फेडेरेशनका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जेपि सापकोटाले गरेका थिए । 
 

Advertisement

Advertisement