एलआईसी नेपालको सीईओमा प्रणयकुमार नियुक्त, बिदा भए एलपी दास

Advertisement

काठमाडौं । इण्डियाको लाइफ इन्स्योरेन्स कर्पोरेशनको लगानी रहेको एलआईसी नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रणय कुमार नियुक्त भएका छन् । उनलाई चार बर्षका लागि नियुक्त गर्ने निर्णयलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको हो । 

यसअघि एलआईसी नेपालको सीईओमा लक्ष्मीप्रसाद (एलपी) दास रहेका थिए । उनले आफ्नो कार्यकाल पूरा गरेसँगै नयाँ सीईओले नियुक्ति पाएको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए । 

Advertisement

गिरीका अनुसार नयाँ सीईओले तीन दिनभित्र आफ्नो कायभार सम्हाल्ने छन् । 

Advertisement

Advertisement