जीवन बीमा व्यवसायमा २.१४ प्रतिशतको मात्रै वृद्धि, आर्थिक मन्दीले अपेक्षाकृत भएन्ः पौडेल

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा व्यवसाय दुई अर्ब रुपियाँले बढेको छ । यो वृद्धि गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशतले बढि हो । 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा व्यवसाय एक खर्ब दुई अर्ब रुपियाँ रहेकोमा अहिले यो बढेर एक खर्ब चार अर्ब रुपियाँ पुगेको छ । 

Advertisement

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक मन्दीले गर्दा अपेक्षा गरेअनुसार जीवन बीमा व्यवसाय बढ्न नसकेको बताए । उनले भने, ‘अहिले जीवन बीमा व्यवसाय तथ्यांकगत रुपमा त बढेको छ । घटेको त छैन । तर यो वृद्धि भनेको सामान्य हो । आर्थिक मन्दीको बेला भएर होला, हामीले अपेक्षा गरेको भन्दा निकै कम व्यवसाय भयो । यस पटक जीवन बीमा व्यवसायमा आर्थिक मन्दीले आंशिक असर देखियो ।’ 

चालु आर्थिक वर्षको सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । उक्त कम्पनीको जीवन बीमाशुल्क २७ अर्ब २६ करोड रुपियाँ संकलन भएको छ । त्यस्तै, दोस्रोमा एलआईसी नेपालले १२ अर्ब ९४ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ११ अर्ब ३७ करोड रुपियाँ बीमाशुल्क संकलन भएको छ । 

हेर्नुहोस कुन कम्पनीको जीवन बीमाशुल्क कति छ ? 

Advertisement

Advertisement