सामसुङले बजारमा ल्यायो एम१४ फाइभजी, मूल्य कति ?

Advertisement

काठमाडौं ।  स्मार्टफोन ब्राण्ड, सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य अरु पनि धेरै विषेशताहरु भएको ग्यालेक्सी एम १४ फाइभजी मोबाइल बजारमा ल्याएको छ ।

‘ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरुको माया प्राप्त गर्दै आएकोे छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५ जि मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ । यो मोडल ५० एमपिको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री, र ५जि ब्याण्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर ५ जि डिभाइस हो ।’ सामसङ नेपालका मोबाइल बिजनेसका डाइरेक्टर प्रणयरत्न स्थापितले भने । 

Advertisement

ग्यालेक्सी एम १४ फाइभजी तीन आकर्षक रंगहरू आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेलमा उपलब्ध छ । ६ प्लस १२८ जिबियुक्त ग्यालेक्सी एम १४ ५ जि  रु.२४,९९९/- मा उपलब्ध छ । यो मोडल २०२३ मे ३ देखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement