चाउचाउ बिस्कुटको ठाउँमा मकै भट्मास खाना सिकाउनु पर्छ ः व्यवसायी पाण्डे

Advertisement

काठमाडौं । नेपाल कृषि जैविक विविधता सम्पन्न छ । नेपालीको अस्तित्व र मुल जिविकोपार्जनको आधार पनि  कृषि क्षेत्र नै हो । भौगोलिक तथा मैलिक सांस्कृति परम्परागत खानपान शैलीले कृषिमा अधिक सम्भावना सम्पन्न प्रष्ट देखाउँछ ।   

दैनिक जिविकोपार्जनका लागि  युवाहरु  विदेशिने बढ्दो क्रमलाई  न्युनीकरण गर्ने लक्षसहित पब्लिक कम्पनीको रुपमा मुना कृषि लिमिटेड सञ्चालन हुँदै आएको छ, जसलाई मुना बजारको रुपमा समेत परिचित गरिएको छ । 

Advertisement

स्वदेशमा बसोबास गर्दै आएका र गैरआवासीय नेपालीहरुको साढे पाँच करोड रुपियाँ लगानीमा विगत तीन वर्षदेखि यो कम्पनी सञ्चालनमा आएको हो । करिब दुई सय लगानीकर्ताको लगानी रहेको मुना कृषि लिमिटेडमा ७० प्रतिशत कृषि उत्पादन गर्दै आएका कृषक र ३० प्रतिशत गैरआवासीय नेपाली रहेका छन् । 

कम्पनीले बजारबाट बढी परिचित रहेका कम्पानीकी मुख्य प्रबन्धक तथा लगानीकर्ता सीता पाण्डेले बताइन् । ‘दिव्या’ उपनामले परिचित उनले नेपाली उत्पादनको प्रयोग गर्न चाउचाउ बिस्कुटको ठाउँमा मकै भट्मास खाना सिकाउनु पर्ने बताउँछिन् । 

मुना कृषि लिमिटेडले सानेपा, पोखरा, इमाडोल, गोल्फुटार, भैंसेपाटी गरी पाँच ठाउँमा शाखा विस्तार गरिसकेको छ । यी शाखाबाट दैनिक सवा दुई लाख रुपियाँको कारोबार हुने गरेको पाण्डेले बताइन् । उनले शाखाबाट दैनिक तीन लाख ५० हजार रुपियाँको सामान बिक्री गर्ने लक्ष्य रहेको पनि सुनाइन् । त्यतिको सामान बिक्री गर्न सकियो भने कम्पनीले सोचअनुसार नाफा गर्नसक्ने पाण्डेको भनाई छ । 

मुना बजारले सबै शाखामा गरी ५२ जनालाई रोजगारी पनि दिएको छ । रैथाने र स्थानीय बाली उत्पादन गर्दै आएको कम्पनीले कम प्रयोगमा आएका र उपेक्षा  गरिएका रैथाने बालीहरुको प्रचारप्रसार र बिक्रीबितरण पनि गर्दै आएको उनले बताइन् । 

कोदो, जुनेलो जस्ता खाद्यान्नलाई बढी प्राथमिकता दिँदै आएको पाण्डेले बताइन् । सरकारले पनि यस्ता बालीलाई हिजोआज आएर प्रवर्द्धन गर्न खोजेको बताउँदै उनले यस्ता स्थानीय र रैथाने बालीको संरक्षण गर्न नसके पछि कुनै पनि समयमा ठूलो समस्या आउनसक्ने बताइन् । 

अन्तर्राष्ट्रिय बजारले नेपाली स्वाद खोजिरहेको हुन्छ भन्दै पाण्डेले अरु मुलुकमा पनि अर्को देशमा उत्पादित खाद्यान्र उपलब्ध हुने, नेपाली उत्पादन नहुने हुँदा नेपाली खाद्यान्न निर्यात गर्न सकिने संभावना धेरै रहेको बताइन् । 

उनले बैशाखभित्र नेपाली उत्पादन बेल्जियम निर्यात गर्न लागेको सुनाइन् । मुना कृषि लिमिटेडबाट उत्पादन, संकलन, प्रशोधन, बजारिकरणसँगै अनुसन्धान र विकासमा समेत सहकार्य गर्दै आएको बताउँदै नेपाली उत्पादन  गुणस्तरीय हुँदैन भनेर भ्रम फैलाउने प्रयास हुँदै आएको बताइन् । 

मुना बजारबाट बिक्री हुँदै आएका उत्पादन ३१ जिल्लाका किसानहरुबाट खरीद गर्ने गरिएको छ । नेपाल उत्पादनको ब्राण्ड स्थापनाका लागि पनि आफूहरु लागिरहेको पाण्डेले जानकारी दिइन् । उनले कृषिमा लाग्ने मात्रै नभई वास्तविकरुपमा कृषि उद्यमी हुन सिक्नुपर्ने बताउँदै कृषि पेशामा लाग्ने उद्यमीहरु मारमा पर्नुहुँदैन भन्ने चाहना आफूहरुको रहेको बताइन् । 

मुना कृषि लिमिटेड अझै पनि एक करोड रुपियाँभन्दा बढी घाटामा रहेको पाण्डेको भनाई छ । उनले व्यापार ठूलो मात्रामा हुन नसकेको बताउँदै नेपालको मौलिक कृषि उत्पादनलाई प्रवर्द्धन् र संरक्षण गर्न सरकार लाग्नुपर्ने बताइन् । सरकारको निगरानी नपुगेकाले थुप्रै स्थानमा कर छलेर व्यवसाय हुँदै आएको पनि पाण्डेले उदाहरण दिइन् । 

तर नेपालमा उत्पादन भएका सामग्री बिक्री गर्दा धेरै प्रकारका कर तिर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । धेरै प्रकारका कर, झन्झट र लागत खर्च धान्न धौधौ पर्ने बताउँदै पाण्डेले ढुवानी पनि एउटा ठूलो चुनौतिको रुपमा रहेको बताइन् । 

Advertisement

Advertisement