‘संजिवनी बुटी’ मानिने रातो च्याउको व्यापारबाटै माथि उठे भक्तपुरका आकाश बाडे

Advertisement

काठमाडौं । भक्तपुरको,नयाँ ठिमी निकोसेरामा विगत १५ बर्षदेखि आकाश बाडेले रातो च्याउको व्यापार गर्दै आएका छन् । उनले ‘मसरुम सिड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि.’मार्फत यसको सफल व्यापार गर्दै आएका छन् । 

बाडेले पाँच लाख रुपियाँ लगानीमा रातो च्याउ उत्पादन र बिक्री गर्दै आएका छन् । उनले कन्य च्याउबाट च्याउ खेती सुरु गरेका थिए । आफैले बीउ उत्पादन गरी यसको व्यवसाय सुरु गरेको बाडेले सुनाए । 

Advertisement

आफ्नो फार्ममा अरु च्याउभन्दा रातो च्याउको खेतीलाई बढी प्रथमिकता दिँदै आएका उनले रातो च्याउ, गोब्रे च्याउ, सिताके च्याउ, कन्य च्याउ गरी चार प्रकारका च्याउ उत्पादन गर्दै आएका छन् । अनुसन्धानका लागि धेरै प्रकारका च्याउ उत्पादन गर्ने गरेको बाडेको भनाई छ । 

उनले च्याउ उत्पादन, अनुसन्धान, बजारीकरण, प्याकेजिङ सबै कार्यमा लागि १८ जनालाई रोजगारी दिएका छन् । व्यवसायबाट मासिम ५० हजारदेखि दुई लाखख रुपियाँसम्म आम्दानी हुने गरेको बाडेले बताए ।  

बजारमा पाइने विभिन्न थरीका च्याउमध्ये रातो च्याउ बहुगुणी हुने बताउँदै उनले रातो च्याउ खाँदा चार सयभन्दा बढी तत्वहरु पाइन दावी गरे । रातो च्याउ ‘संजिवनी बुटी’को नामले परिचित रहेको उनले बताए । 

अन्य च्याउहरुको तुलनाको कम उत्पादन र बहुउपयोगी भएकाले बजारमा रातो च्याउको मूल्य महंगो हुने बाडेको भनाई छ । उत्पादन हुँदै आएको रातो च्याउको सुकुटी र धुलो पनि उनले बिक्री गर्दैआएका छन् । बाडेले एक किलो रातो च्याउको सुकुटी १५ हजार रुपियाँमा बिक्री हुने बताए । त्यस्तै, धुलो ४० ग्रामको दुई हजारमा बिक्री गर्दै आएको उनले बताए । 

च्याउको धुलोलाई  चियाको रुपमा पनि पिउँदा स्वस्थकर हुने उनको भनाई छ । रातो च्याउको धुलोबाट चिया पकाउँदा यसको स्वाद तितो र टर्रो  हुनेगर्छ । बाडेले धुलो च्याउ सय ग्रामदेखि अर्डर हुने बताए । राजधानी काठमाडौंभित्र र बाहिरका बजारमा च्याउको बीउ उत्पादन र बिक्री गर्ने गरेका उनले रातो च्याउको बीउ भने आफ्नो लागि मात्रै उत्पादन गर्ने गरेको बताए । त्यसबाहेक बाडेले च्याउ खेती गर्ने कृषकहरुलाई तालिम पनि दिँदै आएका छन् । 

मसरुम सिड रिसर्च सेन्टरमा विभिन्न विद्यालयबाट विज्ञान विषय विद्यार्थीहरु व्यवहारिक ज्ञान लागि आउने गरेको सुनाउँदै रातो च्याउको उपभोग विश्वभर नै बढ्दै गएको दावी गरे । यसको उपयोगको सुरुवात चीनबाट भएको मानिन्छ ।  

एक हजार वर्ष अघिदेखि चीनका बादशाहहरुले आफू जवान र स्वास्थकर हुन रातो च्याउको सेवन गर्ने गरेका इतिहास छ । स्वास्थ्य, दिर्घायु र सौन्दर्यताको प्रतिक रातो च्याउ धेरै प्रकारका जडिबुटीमा हुने औषधिय गुण रातो च्याउमा हुने बाडेले बताए । चीन र जापानमा क्यान्सरको उपचारमा पनि यस च्याउले मान्यता पाएको उनले बताए । 

रातो च्याउले रक्तचाप, मधुमेह, कोलस्टोरलाई सन्तुलनमा राख्नुका साथै क्यान्सर, दम जस्ता रोगका बिरामीलाई पनि निकै फाइदाजनक मानिन्छ । ज्वरो आउँदा, कमलपित्त (जण्डिस) हुँदा, शरिरको दुखाई कम गर्न, रक्तस्राव नियन्त्रण गर्न, शल्यक्रियालगत्तै प्रयोग गर्न उपयोगी रातो च्याउ पाँच वर्षभन्दा मुनीका बालबालिका, गर्भवती महिलाहरुका लागि लाभदायक हुने बाडेले बताए । 

Advertisement

Advertisement