‘म कम सुते पनि हुने र बढी खट्नसक्ने मान्छे हो’

दूर्गमभन्दा दूर्गममा पनि तत्काल डाक्टरहरु पुर्याउँछुः नयाँ स्वास्थ्यमन्त्री

Advertisement

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले दूर्गमभन्दा दूर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्याउने बताएका छन् । 

मन्त्री पदको सपथ खाएसँगै पदभार ग्रहण गर्ने क्रममा बिहीबार उनले दुर्गममा तत्काल डाक्टर पुर्याउने बताएका हुन् । बस्नेतले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खटने बताए । 

Advertisement

मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताए । उनले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताए । बस्नेतले भने, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई पनि सरलीकृत गर्दै हामीले दूर्गम भन्दा दूर्गम ठाउँमा पनि चिकित्सकहरुलाई पुर्याउने भनेको कुरा पनि तपाईंहरुकै भनाईलाई हामीले सम्बोधन गर्न खोजेको हो । त्यसकारण हामी एकीकृत बुद्धि, विवेक र प्रयासबाट यो यो मन्त्रालयको गतिविधिलाई अगाडि बढाउन सकियोस् । मैले फेरि दोहोर्याउन चाहे– म चाँही कम सुते हुने मान्छे । बढि खटन सक्ने मान्छे । म तपाईंहरु सबैको सुझाव लिएर आफ्नो समय बढि भन्दा बढि यो ठाउँलाई सदूपयोग गरेर म अगाडि बढने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छु ।’

मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाव दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाई थियो । 

बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्युममा भए पनि त्यसको सदूपयोग हुन नसकेको भन्दै आपत्ति जनाए । उनले भने, ‘अब यो स्वास्थ्य सामग्री जति खरिद भएको छ । यो प्रयोगमा आएको छैन् । यो चाँही तत्काल कुन–कुन ठाउँमा, कसरी थन्किएको छ । एक हप्ताभित्र त्यसको हिसाव खोज्नुस । र कुन ठाउँमा बढि आवश्यक छ ? दूर्गम जिल्लाहरुमा त्यो सामग्री नभएको कारणले समस्या परिराखेको छ भने हामीले किन नदिने ? अथवा बिरामीको चाप धेरै भईरहेको हस्पिटलहरुमा हामीले त्यो सामान दिँदा त्यहाँ फाईदा हुन्छ भने किन नगर्ने ? त्यसको सदूपयोग गर्नु प¥यो नि । मैले बुझेसम्म यो ठूलै भोल्युममा छ ।’

Advertisement

Advertisement