भिभो भी२७ सिरिजको मुल्य सार्वजनिक, प्रि-बुकिङ खुला

Advertisement

काठमाडौं । भिभो ब्राण्डले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनहरु ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि–बुकिङ लागि उपलब्ध हुनेछन् । 

ग्राहकहरुले रु ३००० तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि–बुकिङ गर्न सक्नेछन् । साथै ग्राहकहरुले भी२७ फाइभजी को प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ई को प्रि–बुकिङमा नोइज कलर फिट ग्राण्ड स्मार्टवाच पाउँनेछन् । फोनमा स्लीक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्र्रट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरु छन् ।

Advertisement

भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, ‘भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरूप्रति  आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेनप्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ । भी२७ सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।’

भी२७ सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ र दुवै फोनहरु केवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भी२७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ जुन ४एनएम मेकानिज्ममा सुसज्जित छ । त्यस्तै भी२७ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ ।

भी२७ फाइभजी दुई आकर्षक रंगहरूमा – म्याजिक ब्लू र नोबल ब्ल्याकमा रु ५८,९९९ मा उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रंगहरूमा– ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा रु ४१,९९९ मा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरु ८+२५६ जीवी भेरियन्टमा मे १५ अर्थात जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरु र ईकर्मसमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement