आर्थिक मन्दीले छोएन सूर्य नेपाललाई, छ महिनामै रु. २५ अर्ब ३५ करोडको व्यापार

Advertisement

काठमाडौं। नेपाली चुरोट बजारमा एकाधिकार जमाउन सफल कम्पनी सूर्य नेपाल प्रा.लि.को व्यापारमा उछाल आएको छ । आर्थिक मन्दीका कारण देशको अर्थतन्त्र, उद्योग व्यवसायले ठूलो चुनौतिको सामना गरिरहेको बेला सूर्य नेपालको व्यापारमा भने बहार छाएको छ ।

कम्पनीको चालु आर्थिक बर्षको पहिलो छ महिनाको अपरिस्कृत विवरणअनुसार उसले रु. २५ अर्ब ३६ करोडको व्यापार गर्न सफल भएको हो । यो हिसावले व्यापार गर्दा कम्पनीले चालु आर्थिक वर्षमा इतिहासमै ठूलो व्यापार गर्न सफल हुने देखिएको छ । 

Advertisement

कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ मा ४७ अर्ब ४० करोडको व्यापार गरेको थियो । सो कारोबारबाट कम्पनीले १० अर्ब ७२ करोड कर दाखिला गर्दै सबैभन्दा धेरै कर तिर्ने कम्पनी समेत बनेको थियो । यो रकममा मूल्य अभिविद्धि कर (भ्याट), आयकर लगायतका कर समावेश छन् । 

कम्पनीले पोहोरको कारोबारबाट रु. २० अर्ब रुपियाँ नाफा गरेको थियो । कम्पनीले सन् २०२१ मा रु. नौ अर्ब ४१ करोड छ लाख नाफा गरेको थियो । यस्तै २०२० मा रु. नौ अर्ब ८४ करोड नाफा गरेको थियो भने २०२१ मा रु. नौ अर्ब ४१ करोड नाफा वितरण गरेको थियो ।

रेटिङ एजेन्सी केयर रेटिङका अनुसार कम्पनीले अंग्रेजी आर्थिक वर्ष २०१८–१९ मा रु. २५ अर्ब १३ करोडको व्यापार गरेको थियो । यस्तै २०१९–२० मा अघिल्लो वर्षभन्दा कम अर्थात रु. २४ अर्ब ४७ करोडको व्यापार गरेको थियो । यसैगरी, २०२०–२१ मा रु. २४ अर्ब ४९ करोडको व्यापार गरेकोमा कम्पनीले आर्थिक बर्ष २०२१–२२ मा इतिहासमै धेरै रु. ४७ अर्ब ४० अर्बको व्यापार गरेको थियो । 

चालु आर्थिक वर्षको व्यापारको रफ्तार हेर्दा कम्पनीले रु. ५० अर्बभन्दा बढीको व्यापार गर्ने देखिएको छ । कारोबार निकै ठूलो भए पनि सूर्य नेपाल कर विवादमा भने पर्ने गरेको देखिन्न । सन् १९८६ देखि सञ्चालनमा रहेको कम्पनीले ३५ वर्षदेखि कम्पनीले आकर्षक व्यापार गर्दै आइरहेको छ । सूर्य नेपाल हरेक बर्ष धेरै कर तिर्ने कम्पनीको रुपमा पुरस्कृत हुने गरेको छ । 

केयर रेटिङका अनुसार कम्पनीले बैंकबाट सर्ट–टर्म रु. पाँच अर्ब ७५ करोड ऋण उपयोग गरेको छ । कम्पनीको वित्तीय अवस्था शक्तिशाली रहेकोले दीर्घकालीन ऋण लिन समस्या नपर्ने उसको नभाई 
छ । 

सूर्य नेपालमा आईटीसी लिमिटेड इन्डियाको सबैभन्दा धेरै ५९ प्रतिशत शेयर रहेको छ । उक्त कम्पनीको भारतमा बजार पुँजीकरण नै ४०.७५ बिलियन (५३ खर्ब २१ अर्ब रुपियाँ) छ । आईटीसी भारतमा सन् १९१० मा स्थापना भएको कम्पनी हो । यस कम्पनीले भारतमा पनि चुरोट, अगरबत्ति, ब्रान्डेड प्याकेज फुड, शिक्षा, सेनेटरी प्रोडक्ट जस्ता सामान उत्पादन गर्दै आएको छ । यसैगरी, आईटीसीले होटल व्यवसाय, स्टेसनरी सामान तथा प्रविधिमा समेत काम गर्दै आएको छ । कम्पनीमा राजा ज्ञानेन्द्र शाहलगायतको ३९ प्रतिशत । 

बाँकी दुई प्रतिशत शेयर ब्रिटिस अमेरिकन कम्पनीको रहेको छ । यो कम्पनीले सलाई अगरबत्तिलगायत सामाग्री उत्पादन गर्दै आएको छ । तर कम्पनीको आम्दानीमा सलाई अगरबत्तिको योगदान निक्कै कम मात्रामा रहेको छ। कम्पनीको बलियो आर्थिक अवस्था रहेको छ भने व्यापार तथा व्यवस्थापन समूह समेत अब्बल रहेको छ ।

सूर्य नेपालको उत्पादनहरुमा सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्सरी किङ्ग, शिखर फिल्टर किङ्ग, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारीलगायत छन् । कम्पनीले आधिकारिक रुपमा सय भन्दा बढी वितरकहरु राखेको छ । 

सूर्य नेपालको अध्यक्षमा भारतीय सञ्जिभ पुरी छन् । केयर रेटिङले कम्पनीमा रु. छ अर्ब २६ करोड चार लाखको तरलता सुविधा रहेकाले दीर्घकालीन ऋण लिन नपर्ने जनाएको छ ।

सरकारले प्रत्येक वर्ष स्वास्थ्य जोखिम कर वृद्धि गरिरहेकोले अहिले प्रिमियम चुरोटको प्रतिखिल्ली नै २० देखि २५ रुपियाँ पर्न सुरु भइसकेको छ । प्रत्येक वर्ष कर बढ्ने र चुरोटको प्याकेटमा ९० प्रतिशतसम्म ‘स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने विषयवस्तु उल्लेख गर्दा कम्पनी अप्ठ्यारोमा परेको छ ।

कम्पनीले प्रत्येक वर्ष कर बढ्दा भारतलगायत देशबाट चोरीको चुरोट आउन थालेको बताएको बताइन्छ । कम्पनीले राजधानीको बूढानीलकण्ठमा पाँचतारे स्तरको होटल बनाउन प्रक्रिया अघि बढाएको छ । त्यसका लागि उसले ७२ रोपनी जग्गा समेत लिइसकेको छ । यो होटलमा रु. छ अर्ब लगानी गर्ने कम्पनीको तयारी छ ।

Advertisement

Advertisement