नेपाल कुरियरले भित्राएको ११ वटा अवैध आइफोन बरामद

Advertisement

काठमाडौं। नेपाल कुरियरले ल्याएको ११ वटा अवैध आइफोन बरामद गरिएको छ। लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरिएका आइफोनहरु प्रहरीले बरामद गरेको हो ।

प्रहरीले बरामद गरेका सबै आइफोन राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ । विभागले अध्ययन गर्दा त्यसको कुनै पनि बिल बिजक नभेटिएपछि थप कारवाही अघि बढाइएको छ । यी आईफोन कस्ले ल्याएको हो ? र कहाँ लैजान ल्याएको हो ? खुल्न नसकेको विभागको भनाई छ । 

Advertisement

कुनै पनि बिल बिजक नभेटिएपछि ती फोनहरु जफत हुने भएको छ । कुरियर कम्पनीसँग फोनको बजार मूल्य बराबरको २० लाख रुपियाँ धरौटी मागिएको छ । कम्पनीले सो रकम धरौटी समेत राखिसकेको विभागले जानकारी दिएको छ । कम्पनीले भने ग्राहकको सामग्री के के हुन्छ ? थाहा नहुने तर्क गरेको छ । 

विभागको अनुसन्धानमा पछिल्लो समयमा भारतबाट आइफोन चोरी पैठारी भइरहेको अनुमान गरिएको छ । भारतमै फोन निर्माण सुरु भएपछि नेपालतर्फ चोरी पैठारी बढेको हो । एक आइफोनको आयातमा खरीद मूल्यको १८ प्रतिशतसम्म कर तिर्नुपर्छ । 

Advertisement

Advertisement