बैंकहरुले जुनसुकै अवस्थामा ब्याजदर बृद्धि गर्न नपाउने (राष्ट्र बैंकको निर्देशनसहित)

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउँदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुबिधा पाउने गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थहरुका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै नयाँ व्यवस्था लागू गर्न भनिएको कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जनाएका छन् । 

Advertisement

राष्ट्र बैंकले यही साता तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षाको तयारी गरिरहँदा आज एकीकृत निर्देशन संशोधन गरेको हो । 

कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने नपाइने राष्ट्र बैंकको पछिल्लो निर्देशनमा उल्लेख छ । 

कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नु पर्नेछ । तर पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तन भन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर बृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । 


 

Advertisement

Advertisement